बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

बालुवाटारमा बुधबार सम्पन्न सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनका लागि मन्त्रीपरिषद् मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा एमसीसी कार्यदलको प्रतिवेदनपछि अबको आगामी कार्यदिशा, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रिन्टिङ्ग प्रेस खरीद सम्बन्धमा बाहिरिएको अडिओ प्रकरण लगायत संविधान संशोधन गर्ने सम्बन्धमा समेत छलफल भएको स्रोतले जानकारी दियो।

प्रकाशित मिति: १४ फागुन २०७६, बुधबार  १४ : ४४ बजे