नेपाल उद्योग परिसङ्घको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

0
Shares

नेपाल उद्योग परिसङ्घको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल मनोनित भएका छन्। परिसङ्घको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको बैठकले उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो।

यसअघि उनी परिसङ्घको उपाध्यक्ष थिए। उनले परिसङ्घमा डेढ दशकदेखि राष्ट्रिय परिषद् सदस्यका साथै विभिन्न समितिको संयोजक भएर काम गर्दै आइरहेका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार  ०८ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।