सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफा माघ मसान्तसम्ममा वृद्धि भएको छ। सिटिजन्स म्युचुअल फण्ड १ र २ को नाफामा वृद्धि भएसँगै दुबै इकाईको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा समेत बढोत्तरी भएको हो।
माघ मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्ड १ को प्रतिइकाई खुद मूल्य ०.४६ रुपैयाँले बढेर ११.२७ रुपैयाँ पुगेको छ। यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य १०.३० बाट बढेर १०.६९ रुपैयाँ पुगेको छ।
सिटिजन्स म्युचुअल फण्ड १ (CMF1) ले माघ मसान्तसम्ममा ४ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । पुस मसान्तसम्ममा ६२ लाख २८ हजार नाफा कमाएको यस फण्डको नाफा ३ करोड ७६ लाख बढेको हो। ८२ करोड आकारको यस फण्डले शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरेको धितोपत्रको कूल मूल्य ४० करोड ६३ लाख रहेको छ । यस्तै २९ लाख ७० हजार सूचीकृत नभएको धितोपत्रमा लगानी रहेको छ। यसले ८ करोड २४ लाख मृद्दती निक्षेपमा र लगानी गरेको छ भने ४१ करोड ४६ लाख बैंक मौज्दात रहेको छ।
त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) को नाफा माघ मसान्तसम्म नाफा वृद्धि भएर ४ करोड २३ लाख पुगेको छ। फण्डको पुस मसान्तसम्ममा २ करोड ३ लाख नाफा भएको थियो। एक अर्ब आकारको यस फण्डले शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरेको धितोपत्रको कूल मूल्य २७ करोड ५२ लाख रहेको छ । यस्तै १ करोड १० लाख रुपैयाँ बराबरको लगानी सूचीकृत नभएको धितोपत्रमा लगानी रहेको छ। यसले ४ करोड मृद्दती निक्षेपमा र लगानी गरेको छ भने २६ करोड ८२ लाख बैंक मौज्दात रहेको छ।
शेयर बजारमा आएको सुधारसँगै दुबै फण्डको लगानी रकम वृद्धि हुँदा नाफामा सुधार भएको हो। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वर्ट बन्दमुखी योजनाको अवधि ७ वर्ष रहेको छ ।
प्रतिक्रिया