शाओमीद्वारा ‘रेडमी ८ए डूअल’ मोबाइल नेपालमा सार्वजनिक

0
Shares

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ए सिरिजको अर्को पुनरावृत्ति – नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा सार्वजनिक गरेको छ ।

रेडमी ८ए डूअल: देशको दमदार स्मार्टफोन

रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।

रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ ।

६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ ।

पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२ जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।

रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कर्निग गोरिला ग्लास ५ र पिटुआई न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ ।