महालक्ष्मी लाईफद्धारा धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड (MLIC) ले ७ नं. प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

कम्पनीले प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखारउपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा फाल्गुन १७ गते धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विस्तृत तालिम सम्पन्न गरेको हो।

तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू, नियन्त्रणका प्रकृयाहरु, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदी विषयहरुमा विस्तृत जानकारी दिइएको थियो ।

कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेकी तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति थियो।