सोमबार कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?

0
Shares

फागुन १९ गते सोमबार सुनको भाउ स्थीर रहेको छ। आइतबार ह्वात्तै घटेको सुनको भाउमा सोमबार कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ नै कायम भएको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७७ हजार ७०० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ प्रतितोला ८६० रुपैयाँमा छ।

आइतबार मात्रै सुन प्रतितोला १ हजार २०० रुपैया र चाँदीको भाउमा २० रुपैयाँ गिरावट आएको थियो।

सुनको मूल्य फागुन १२ गते हालसम्मकै उच्च बिन्दु अर्थात प्रतितोलाको ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछिका दिनमा सुनको भाउ क्रमश घट्न थालेको हो।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार  १० : ५९ बजे