नेपाल लिकर्सद्वारा गायक वज्राचार्यसँग सांगीतिक सहकार्यको सम्झौता

0
Shares

नेपाललिकर्स प्रालि तथा गायक दीपक वज्राचार्यबीच सांगीतिक सहकार्य गर्ने सम्झौता गरेका छन् ।  

नेपाललिकर्सले नेपालीकला, संगीत संस्कृतिको प्रवर्धनलाई सदैव पहिलो प्राथमिकता दिँदै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप नेपाललिकर्सले गायक वज्राचार्यसँग सहकार्य गरेको कम्पनीको भनाई छ।

उनीसँग काम गर्न पाउँदा उत्साहित भएको र उक्त सहकार्यले नेपाली संगीतको विकास तथा प्रवद्र्धनमा प्रेरणामुलक तथा महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा कम्पनीको विश्वास छ ।

साँगीतिक सहकार्य कार्यक्रममा बोल्दै गायक दीपक ब्रजाचार्यले दर्शकको मायाले मात्र खान संगीतकर्मीलाई नपुग्ने बताएका छन्।  झण्डै तीन दशक नेपाली सांगीतमा योदगदान दिएकमा बज्राचार्यले नेपाली पप संगीतमा विशिष्ट योगदान रहेको छ।

कार्यक्रममा नेपाल लिकर्सका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश विर सिंह तुलाधरले भने, ‘नेपाली गीत संगीत हाम्रो पहिचान हो । नेपाली गीत संगीतको प्रवद्र्धनमा हामी सधैँ सचेत छौँ । आगामी दिनमा पनि यसको उत्थानका लागि सदा सरिक हुनेछौँ ।

नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कचचापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार  १८ : १८ बजे