नेपाल–बङ्गलादेश वाणिज्य वार्ता, बिप्पा सम्झौता बारे छलफल

0
Shares

नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौं बैठक मंगलबारदेखि ढाकामा हुँदैछ ।

बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

दुईदिनसम्म हुने उक्त बैठकमा नेपाल–बङ्गलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवद्र्धनका सबै पक्षमा विचारविमर्श हुनेछ । बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ । बङ्गलादेशले नेपालसँग बिप्पा गर्न अभिमत व्यक्त गर्दै आएको छ ।

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत छन्।।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।