हुन्डाईको बिक्री फेब्रुअरीमा १० प्रतिशत कम

0
Shares

हुन्डाईको बिक्रीमा गत महिना १०.३ प्रतिशतको गिरावट आएको छ।

हुन्डाई मोटर्स इन्डिया लिमिटेडद्वारा हालै जारी विज्ञप्ति मार्फत दिइएको तथ्याङ्क अनुसार फेब्रुअरीमा हुन्डाईका उत्पादनको कूल ४८ हजार ९१० एकाइ बिक्री भएको छ।

यो अघिल्लो वर्षको सोही महिनाको तुलनमा १०.१ प्रतिशतले कमी हो। उक्त कम्पनीले सन् २०१९ को फेब्रुअरीमा आफ्नो उत्पादनका ५४ हजार ५१८ एकाईलाई बेचेको बताइएको छ।

कम्पनीका अनुसार फेब्रुअरी हुन्डाईका उत्पादनको घरेलु बजारमा ४३ हजार ११० यूनिटबाट घटेर ४० हजार १० यूनिट विक्री भएको थियो जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा अर्थात ७.२ प्रतिशतले कमी हो।

कम्पनीको उत्पादनको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ११ हजार ४०८ रहेकोमा यस वर्ष आठ हजार ९०० यूनिट पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले कमी हो।

हुन्डाईका सान्ट्रो, ग्र्यान्ड आई १०, ग्र्यान्ड आई १० निओस, एलाईट आई २०, औरा, एक्ससेन्ट, भेर्ना, अलान्ट्रा, भेन्यू, क्रेटा, टक्सन, कोना इलेक्ट्रिकजस्ता उत्पादन बजारमा प्रसिद्ध मानिन्छन् ।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  ०८ : २९ बजे