नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३ अर्ब ९४ करोड बाट ४ अर्ब ७६ करोड पुग्यो


नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ७६ करोड ५७ लाख ४० हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा ३ अर्ब ९४ करोड ३९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनको आकार २०.८५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ६ करोड ६६ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले यस पटक १ अर्ब ७ करोड ६ लाख रुपैंया बराबरको दाबी भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफामा राम्रो सुधार देखिएको छ । बीमांकीय मूल्यांकन नभई जीवन बीमा कम्पनीको खुद नाफा वास्तविक मानिदैन । यस्तो अवस्थामा पनि इन्स्योरेन्सले ३० करोड ६० लाख १९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २२ करोड २० लाख रुपैंया खुद नाफा कमाएको थियो ।

यस अघि ६० प्रतिशत हकप्रद र साढे १३ प्रतिशत बोनस बितरण पश्चात ३ अर्ब ७४ लाख रुपैंया चुक्ता पूँजी पुगेको कम्पनीको जगेडा कोषमा ६८ करोड ७५ लाख रुपैंया जम्मा भएको छ ।

वित्तीय विबरणका आधारमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैंया ५६ पैसा छ । यो वास्तविक नभई बीमांकीय मूल्यांकन पश्चात परिवर्तन हुनेछ । प्रतिशेयर नेटवर्थ १२२ रुपैंया ८५ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४३.४९ गूणाले बढी छ ।