कुमारी बैंकको परिवार सुरक्षा बचत खाता मार्फत बीमा दाबी भुक्तानी

0
Shares

कुमारी बैंक (KBL) ले परिवार सुरक्षा बचत खाता मार्फत बीमा दाबी भुक्तानी दिदै आएको छ ।

बैंकले खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गरिरहेको जनाएको छ ।

बैंकका अनुसार हालसम्म ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले १३ लाख ५५ हजार १८३ बराबरको दाबी रकम प्राप्त गरिसकेको बैकले जानकारी दियो ।

यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।