ज्योति विकास बैंकले शेयरधनीको डिम्याट खातामा पठायो बोनस

0
Shares

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक बर्षको मुनाफाबाट पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न बैंकको साधारण सभाले सो बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

सोही अनुरुप बैंकको बोनस शेयर पाउन योग्य शेयरधनीहरुको डिम्याट खातामा बोनस जम्मा गरेको बैंकले जनाएको छ। बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो शेयर जम्मा गरेको हो।

२०७५ चैत १५ गतेपश्चात शेयर खरिद गरी कायम शेयरधनीहरुले उक्त बोनस शेयर बापतको कर स्वयंले भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।