नेपाल इन्स्योरेन्सको नाफा दोब्बर, खुद बीमा शुल्क ३८ करोड

0
Shares

नेपाल इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा झण्डै दोब्बर भएको छ । गत आवको यसै अवधिमा ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १३ करोड ६ लाख पुगेको छ।

तेस्रो त्रैमाससम्ममा ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले पुर्नबीमा कमिशनबाट ११ करोड ७२ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ।

हाल ६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको कम्पनीको जगेडा कोषमा ३६ करोड ५० लाख रुपैयाँ, बीमा कोषमा २६ करोड रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सले चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गरिसकेकाले चुक्ता पूँजी एक अर्ब ९१ लाख रुपैयाँ कायम हुनेछ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात १३.४४ गुणा बढी छ।

कम्पनीको जारी बीमालेखको संख्या १ लाख १४ हजार ५१९ रहेको छ । जसबाट कम्पनीले ८५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत वर्षको यसै अवधिमा ५६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले एक हजार ६५८ दाबी वापत ३५ करोड ८५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक हजार ८७२ दाबी बापत ९६ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।