आइतबारका लागि सुन चाँदीको यस्तो छ दरभाउ

0
Shares

नेपाल सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले फागुन २५ गते आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ५ ०० रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरि संघले तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २०० रुपैयाँ र चाँदी ८९० रुपैयाँ कायम गरिएको छ । आइतबारका लागि निर्धारण भएको सुनचाँदीको दुबैको भाउ शुक्रबार कायम भएकै दर भएको महासंघले जनाएको छ ।

कोरोना भाइरसको असरबाट विश्व अर्थतन्त्र प्रभावित र अन्तराष्ट्रिय बैंक ब्याजदरमा आएको कमिले सुनको भाउ फागुन २३ गते शुक्रबार नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। आइतबार पनि सोही दरमा कारोबारका लागि तोकिएको छ।

यता नेपाल राष्ट्र बैंकले बैंकहरुले सुन धितोमा निक्षेप लिन पाउने व्यवस्था गरेपछि सुन मूल्य झनै आकासिएको छ। फागुन यता मात्रै सुनको भाउ प्रतितोला ६ हजार ५०० रुपैयाँले बढिसकेको छ। फागुन १ गते बिहीबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भउको छापावाल सुनको भाउ फागुन २५ गते आइतपुग्ला ८२ हजार ५०० रुपैयाँ पुगेको हो। गत साता मात्रै सुन ३ हजार ३०० रुपैयाँले महङ्गिएको हो।

शुक्रबारका सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको थियो। बिहीबार सुन ८० हजार ७०० रुपैयाँमा र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २५ फागुन २०७६, आइतबार  ११ : ०४ बजे