मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज जोशी नियुक्त

0
Shares

मुक्तिनाथ क्यापिटल लिमिटेडले कविन्द्रध्वज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

जोशीले आगामी बैंशाखदेखी मुक्तिनाथ क्यापिटल जिम्मेवारी सम्हाल्ने भएका छन् ।

एनआइविएल एस क्यापिटलमा महाप्रवन्धकको रुपमा कार्यरत जोशीले मुक्तिनाथ जाने भएपछि राजीनामा दिईसकेका छन् तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

एनआईडिसी क्यापिटल मार्केट, एस क्यापिटल, ग्रोमर मर्चेन्ट बैंकर लगायतमा गरी मर्चेन्ट बैंकिङमा २ दशक भन्दा बढी विताइसकेका जोशी मर्चेन्ट बैंकिङका एक्पर्ट हुन ।

मुक्तिनाथ विकास बैंकले भिवोरको बहुमत शेयर किनेर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटल बनाएको हो ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  १४ : ०२ बजे