गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले गत चैत २८ देखि जारी गरेको ५० प्रतिशत हकप्रदमा आवेदन गर्ने बुधबार अन्तिम दिन हो । इन्स्योरेन्सले चुक्ता पूँजीको २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

उक्त हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन्।

धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

हाल यो कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ छ। हकप्रद पश्चात चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ। कम्पनीको गत चैत २१ गते सम्पन्न साधारण सभाले फेरि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ।