सनराइज बैंक रेमिट्यान्स सेवामा अग्रसर, जीएमई रेमिट्यान्ससँग सम्झौता

0
Shares

सनराइज बैंक (SRBL) रेमिट्यान्स सेवामा अग्रसर हुँदै गएको छ । उक्त सेवाको लागि बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपाल अधिराज्य भर रहेका ८ हजारभन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । साथै, सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

बैंकले हाल १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।