साठी प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको एनएलजी इन्स्योरेन्सको प्रगति सामान्य

0
Shares

एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा १.६० प्रतिशतले नाफा वृद्धि भएको हो । गत वर्ष यस इन्स्योरेन्सको खुद नाफा १५ करोड १० लाख रुपैयाँ थियो ।

एनएलजीले ५५ करोड ६० लाख ५५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले ५५ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । यो गत वर्ष भन्दा ३.०६ प्रतिशतले थोरै हो ।

एनएलजीले ३२ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमास सम्ममा एनएलजीले १८ करोड ८० लाख पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ ।

एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ छ । जसको जगेडा कोषमा १९ करोड ८७ लाख राखेको छ ।

बीमा कोषको आकार पनि करिब २० प्रतिशतले वृद्धि भएर ७८ करोड ४१ लाख पुगेको छ । महाविपत्ति जगेडामा कम्पनीले ५ करोड ४६ लाख राखेको छ ।

प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९४ पैसा रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ छ ।

कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित जेठ १४ गते विशेष साधारण सभा बोलाएको छ । एनएलजीले हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजी ६० प्रतिशत हकप्रद सशयर निष्कासन गर्न लागेको हो ।

हकप्रदपछि चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । साधारण सभा गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने भएको छ ।