उन्नति माइक्रोफाइनान्सको लिलामी शेयरमा आवदेन गर्ने आज अन्तिम दिन

0
Shares

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले लिलामीमा राखेको ८ हजार ८९५ कित्ता शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले हकप्रदमा अवितरित एक हजार २७८ संस्थापक तथा ७ हजार ६१७ कित्ता साधारण शेयर वैशाख २६ गतेदेखि लिलामीमा राखेको हो।

गत फागुन १३ देखि चैत १७ गतेसम्म कम्पनीले ५ः१ अनुपातमा एक लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।

जसमध्ये रितिपूर्वक आवेदन दिने शेयरधनीलाई एक लाख एक हजार १०५ कित्ता शेयर बैशाख ३ गते मंगलबार बाँडफाँड गरेको हो। बाँकि शेयर लिलामीमा आएको हो ।

लिलामी शेयरमा न्यूनतम एक सय रुपैयाँ तोकि बोलकबोलमा आवेदन गर्न सकिनेछ । बुधबार नेप्सेमा यो कम्पनीको शेयर एक हजार १७४ रुपैयाँमा किनबेच भएको थियो ।