गुराँस लाइफको हकप्रद शेयरको बिक्री चैत्र २० गतेदेखि खुल्ने

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले यहि चैत्र २० गतेदेखि हाल कायम चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ।

इन्स्योरेन्सले ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। सो हकप्रदमा २०७७ बैशाख १० गतेसम्म आवेदन गर्न सकिनेछ।

इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि फागुन २२ गते बिहीबार बुकक्लोज गरेको थियो। यसअनुसार कम्पनीको हकप्रद फागुन २१ गते बुधबारसम्म शेयर खरीद गरि कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन्।

उक्त हकप्रदमा एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्स हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कम आधार जनाउँछ।
हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।