सुनको भाउ दुई दिनमै प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो

0
Shares

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको भाउ यो साताको पहिलो दिन प्रतितोला १५ सय रुपैयाँले घटेको छ । दुई दिनको अवधिमा सुनको भाउ तोलामा ४ हजार ५ सयले सस्तो भएको हो।

आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ तोकेको छ । गत शुक्राबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सयमा झरेको थियो।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा १५ सय रुपैयाँले घटेर ७६ हजार ७ सय रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ७९० रुपैयाँमा झरेको छ ।

गत मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको थियो। अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  ११ : ०२ बजे