राष्ट्रिय सभाको बैठक (लाईभ)

0
Shares

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको पाँचौं अधिवेशनको २३ औं बैठक चैत २ गते आइतबार १ बजेदेखि प्रारम्भ भएको छ। राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा राष्ट्रिय सभाका सदस्यहरुको नाम मनोनयनका लागि हाल प्रस्ताव गरिसकेका छन्।

सभाअध्यक्षले सांसदहरु सुमनराज प्याकुरेल प्रस्तावक तथा माननीय खिमलाल भट्टराई, माननीय अनिता देवकोटा, माननीय रामनारायण विडारी, माननीय शेखर कुमार सिंह र माननीय प्रमिला कुमारी समर्थक रही संयुक्त रुपमा दर्ता गरिएको “तराई–मधेशकोबाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधान” का लागि मिति २०७६ साउन १२ मा बसेको सभाको बैठकले दिएको राय, सुझाव सहितको निर्देशन कार्यान्वयनका लागि माननीय ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको ध्यानाकर्षण सम्बन्धी प्रस्तावमा छलफल भैरहेको छ।

 

यसैगरि व्यवस्थापन कार्य अन्तर्गत विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “पारमाणविक विधेयक, २०७५” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

यसैगरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६” लाई सभा समक्ष पेश गर्नेछन्। आजै “नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६” पनि सभामा समक्ष पेश हुनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले,– विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव र “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरि पूर्व मन्त्री तथा संविधान सभा सदस्य पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पश्चात आजको बैठक समाप्त हुनेछ।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १३ : ४३ बजे