अझै डिम्याट खाता खोल्नुभएको छैन ? बिओके क्यापिटलमा खोल्नुहोस् निशुल्क

0
Shares

शेयर बजारमा लगानी गर्ने सोच राख्नुभएको छ र हालसम्म पनि हितग्राही खाता(डिम्याट) खोल्नुभएको छैन भने तपाईलाई निशुल्क खाता खोल्ने अवसर आएको छ ।

हाल प्रथामिक तथा दोस्रो बजारमा लगानीका लागि डिम्याट खाता अनिवार्य रहेको छ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटलले चालु आर्थिक वर्षको जेठ र असार महिनाभरी निशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा लगानीकर्तालाई दिने भएको छ ।

क्यापिटलको मुख्य कार्यालय कमलादी काठमाडौं प्लाजाको दोस्रो तल्ला वाइ ब्लक तथा बैंक अफ काठमाण्डूका सम्पुर्ण शाखा कार्यालहरुबाट निशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

साविकको काठमाडौं क्यापिटल मार्केट लिमिटेडको नाम परिवर्तन भएर बिओके क्यापिटल मार्केट लिमिटेड बनेको हो।