सुनको मूल्य तोलामै ३६ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन तोलामा ३ हजार ६०० रुपैयाँले र चाँदी तोलामा ५० रुपेयाँले बढेको हो ।

आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७६.६२ अमेरिकी डलर र चाँदी ६४.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।