काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको हो ।
आइतबार सुन प्रतितोला तीन लाख ५ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला चार हजार ७१० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ६० रुपैयाँले बढेर चार हजार ७७० रूपैयाँ कायम भएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारकाे अाधारमा सुनचाँदीकाे मूल्य निर्धारण हुने गरेकाे छ । साेमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार ३९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






प्रतिक्रिया