सिटिजन्स बैंकद्वारा सडक आश्रित मानव मुक्त (सम्मान) अभियान नेपाललाई सहयोग

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले सामाजिक उत्तरदायित्व अन्तर्गत सडक आश्रित मानव मुक्त ९सम्मान० अभियान नेपाललाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।  “सम्मान” नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरिरहेकाले सो कार्यलाई सफल पार्नको लागि उक्त सहयोग गरेको बैंकले जनाएको छ।

यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने बैंकले जनाएको छ ।

बैंकले सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पीडादायक हुन्छ । बिकल्पहरुको अन्त्य भएपछि मानिसहरु विपक्षता तथा अति गरिब, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटी मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्नुपर्ने जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।