कोभिड १९ विरुद्ध सार्क आपत्कालीन कोषका लागि भारतीय प्रमको प्रस्ताव

0
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध लड्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य मुलुकबीच आपत्कालीन कोष खडा गर्न आह्वान गर्दै शुरुवातमा भारतका तर्फबाट १० बिलियन अमेरिकी डलर दिने घोषणा गरेका छन्।

कोभिड–१ को सङ्क्रमण फैलिन नदिन राष्ट्राध्याक्ष/सरकार प्रमुखबीचको साँझ गरिएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरेका छन्।

उनले कोभिडविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा पनि जोड दिए।

प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिए। कन्फरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिनुभएको थियो।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  २० : १६ बजे