वोमीसँग मर्जरमा रहेको नागरिक लघुवित्त नोक्सानीमा

0
Shares

नागरिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ५९ लाख ७२ अजार रुपैयाँले नोक्सानीमा पुगेको छ । गत वर्षको यसै अवधिसम्मा ११ लाख ६१ रुपैयाँ रहेको लघुवित्तको नोक्सानीमा बढोत्तरी भएको हो ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ३१ लाख ५६ हजार रुपैयाँले नोक्सानीमा छ ।  नेपाल राष्ट्र बैंकले नागरिक लघुवित्तलाई वोमी माइक्रोफाइनान्ससँग गाभिन सैद्धान्तिक स्वकिृति प्रदान गरिसकेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९ करोड २० लाख रुपैयाँ ऋण गरेर १६ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा लघुवित्तले ३६ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष लघुवित्तले तीन लाख ४५ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।