एशियन लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

0
Shares

काठमाडौं । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुर्याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंक बीच चैत ५ गते ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाबाट समेत एशियन लाईफको सावधिक र म्यादी गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । २०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष रु। १५ अर्ब १२ लाख रहेको छ । पाँच अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।