सूर्या लाइफको ३९ हजार कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य २७५ रुपैयाँ

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १ सय कित्ता संस्थापक शेयरको लिलामी खुला गरेको छ।

बैंकले सूर्या लाइफको शेयर न्यूनतम प्रतिकित्ता २७५ रुपैयाँमा बोलकबोल गर्न लागेको हो। ईच्छुक लगानीकर्ताले चैत ४ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामी शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाडौँ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।