त्रिवि शिक्षण अस्पतालमा विदेशबाट आएका एक बिरामीमा कोरोना संक्रमणको आशंका

0
Shares

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा मंगलबार जाँचका लागि आएका एक बिरामीमा कोरोना भाइरस (कोभिड १९) रहेको लक्षण देखिएपछि अपस्तालमा भागदौड मच्चिएको छ ।

अमेरिकाबाट नेपाल आएका एक नेपालीलाई कोरोना भाइरसको लक्षण देखिएको हो। त्रिवि शिक्षण अपस्तालमा हालसम्म कारोना भाइरस विरामीका लागि उपचार गर्न कुनै तयारी गरिएको छैन।

सोही कारणले अपस्पतालले ती विरामीलाई आइशोलेसन भएको अस्पतालमा जान लागि आग्रह गरेपनि उनी हाल अपस्तालमा नै रहेकाले अन्य विरामी तथा विरामीका आफन्तहरुबीच भागदौड सुरु भएको हो।

संक्रमणको लक्षण देखिएपछि अपस्ताल प्रशासन प्रमुख, तथा डक्टहरुबीच मिटिङ्ग बसेर कुन अपस्ताल पठाउने भन्ने तयारी गर्न लागिएको छ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १३ : ३३ बजे