सरकारले देशभर सहुलियतपूर्ण र घुम्ती पसलहरु सञ्चालन गर्ने

0
Shares

सरकारले देशभर सहुलियतपूर्ण पसलका साथै घुम्ति पसलहरु सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण बजारमा अतिआवश्यक वस्तुमा भएको कालो बजारी हस्तक्षेप गर्न सरकारले सुपथ मूल्यका पसल संचालन गर्ने भएकोे हो।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै देशभर सुपथ मूल्यका पसलहरु संचालन गरिने जानकारी दिएका हुन्।

मन्त्री भट्टले दुई सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत केही दिनमै सहुलियतपूर्ण पसल सञ्चालन गरिने बताए।

सरकारले संचालन गर्ने सहुलियतपूर्ण पसलमा नुन, चिनी,चामल, दाल , ग्यास, ईन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले जानकारी दिए । साथै उनले अत्यावश्यक सामाग्री बिक्रीका लागि घुम्ती पसलहरु पनि सञ्चालनमा ल्याईने बताए ।

कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार सरकारले देशभर सहुलियतपूर्ण पसलहरु सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १६ : ०६ बजे