नागरिक लगानी कोषले सुरु गर्यो ‘नागरिक पेन्सन योजना’

0
Shares

नागरिक लगानी कोष (CIT) ले ३० औ वार्षिकोत्सवको अवसरमा नागरिक पेन्सन योजना सुरु गरेको छ ।

वचत संकलनको दायरालाई फराकिलो बनाउनको लागि स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेटने गरी नागरिक पेन्सन योजना सुरु गरिएको कोषले जनाएको छ।

वार्षिकोत्सव कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले मुलुकको समग्र राष्ट्रिय उत्पादकत्वमा समेत योगदान पु¥याउने नीति अवलम्बन गरेको भन्दै सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा योगदान पु¥याउने तर्फ काम गरिरहेको बताए ।

पूँजी बजारको स्थायित्व र विकासमा अहंम भुमिका खेल्ने उद्देश्यले कोषले पूँजी बजारको विकास र विस्तारको लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको जानकारी दिए ।

मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्न सरकारी,गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सहकार्य गरी ठूला परियोजनाहरूमा लगानी गरी मुलुकको आर्थिक वृद्धिमा सहयोग पु¥याउन र मुलुकभित्र रोजगारी सिर्जना गर्न कोष लागिपरेको पनि कार्यकारी निर्देशक नेपालले बताए ।

सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले देशको आर्थिक बृद्धि दरमा टेवा पु्याउने, रोजगारी सिर्जना गर्ने एवं पूर्वाधार बिकासका आयोजनाहरुमा लगानी विस्तार गरी सरकारको समृद्ध नेपाल बनाउने महाअभियानमा कोषले सहयोग पु¥याईरहेको बताए । उनले कोषको लगानीलाई विविधीकरणका साथ व्यवस्थापन गर्न उपयुक्त वातावरण सिर्जना गर्ने कार्यमा सम्बद्ध निकायबाट विगतमा झैँ पूर्णरूपमा सहयोग प्राप्त भई नै रहने धारणा व्यक्त गरे।

चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १ खर्ब ४० अर्ब ३९ करोड रुपैया बराबरको स्रोत परिचालन गरेको कोषले यो अवधिमा १ खर्ब ३८ अर्ब ५५ करोड रुपैया लगानी गरेको छ ।

 

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  १९ : ४७ बजे