डान्स बार, सिनेमा हलदेखि रङ्गशालासम्म बन्द गर्ने सरकारको निर्णय

0
Shares

सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय बुधबार गरेको हो ।

बुधबार बसेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठके यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए।

साथै सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन समेत सर्वसाधारणलाई आह्वान गर्दे धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ।

त्यस्तै सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न भनेको छ। यसैगरी कोरोना भाइरसका बारेमा सर्वसाधारण नागरिकमा भ्रम फैलने गरी अभिव्यक्ति दिएका कारबाही गर्ने चेतावनी समेत सरकारले दिएको छ।

 

प्रकाशित मिति: ५ चैत २०७६, बुधबार  १६ : ४१ बजे