पुनर्बीमा कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, पर्ने सम्भावना ४० कित्ता

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीको आईपिओमा तेस्रो दिन बेलुकासम्ममा झण्डै ३ लाख लगानीकर्ताले आवेदन गरीसकेका छन्। यस आधारमा अब आवदेन गर्ने लगानीकर्ताले ४० देखि ५० कित्ताका लागि मात्र आवेदन गर्दा उपयुक्त हुने देखिएको छ।

कम्पनीले चैत ४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो। कूल १ करोड ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी शेयर सर्वसाधारणबाट आवेदन खुला गरिएको हो।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

कम्पनीको आईपीओ निष्काशन चैत ७ गते बन्द हुनेछ। सबै शेयर बिक्री भैसकेकाले कम्पनीको धितोपत्र शुक्रबार कार्यालय समयपश्चात नै निष्काशन बन्द हुने भएको हो।