सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउमा पनि बढोत्तरी

0
Shares

सुनको भाउ चैत ७ गते शुक्रबार महङ्गिएको छ। पछिल्लो समय घट्दो क्रममा रहेको सुन शुक्रबार भने तोलामा ५०० रुपैयाँले महङ्गो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार २०० तथा चाँदीको प्रतितोला ७०० रुपैयाँ निर्धारण गरिएको छ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार, तेजावी सुन प्रतितोला ७४ हजार ७०० तथा चाँदीको प्रतितोला ६८० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबारको तुलनामा चाँदीको भाउ पनि शुक्रबार प्रतितोला २० रुपैयाँले बढेको हो।

नेपाली बजारमा गत फागुन २७ गते मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको थियो। त्यसयता भने सुनको भाउ क्रमश घटिरहेको छ । अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढ अनुसार नेपाली बजारमा सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ।

प्रकाशित मिति: ७ चैत २०७६, शुक्रबार  ११ : ०७ बजे