नबिल ब्यालेन्स फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने अन्तिम मौका !

0
Shares

नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले बैशाख ५ गते देखि बिक्री खुला गरेको नबिल ब्यालेन्स फण्ड २ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

फण्डले १२ करोड इकाई सार्वजनिक बिक्रीमा ल्याएको हो ।नबिल इन्भेष्टले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरेको हो ।

जसमध्ये १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ ।  बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

दश वर्ष अवधिको यस फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ दरले न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक करोड २० लाख इकाई अर्थात १२ करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन् ।

यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।