औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन प्रमाणीकरण

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छिन्।

उक्त विधेयक सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पेस भएको थियो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।