कोरोना संक्रमणबाट बच्न राजधानीका तीन वटा पाँचतारे होटल बन्द

0
Shares

कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट बच्न भन्दै राजधानीमा संचालित पाँचतारे होटलहरु धमाधम बन्द हुन थालेका छन् ।

काठमाडौमा संचालित पाँचतारे होटल हायात, सोल्टि र याक एन्ड यतिले होटल बन्द गर्ने निर्णय गरिसकेका छन् । कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न यी होटलहरुले केहि समय बन्द गर्ने निर्णय गरेका हुन् ।

नेप्सेमा सूचीकृत होटलहरु बन्द हुन थालेपछि यिनीहरुको शेयरहरु मूल्य समेत उच्चदरले घट्न थालेको छ । नेप्सेमा हायात र सोल्टिको नियमति कारोबार भइरहेको भएपनि याक एन्ड यतिको भने विगत लामो समयदेखि बन्द रहेको छ।