जोखिमको मात्रा हेरेर थप कार्यक्रम सार्वजनिक हुन्छ, बैंकहरु बन्द हुँदैनन् : अर्थमन्त्री

0
Shares

सरकारले कोरोना भाइरस कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रणका लागि जोखिमको मात्रा हेरेर थप निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको विशेष सम्बोधन पश्चात बसेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण गर्न गठित उच्चस्तरीय समतिको बैठकले घटनाक्रम र जोखिमका डरहरु बढ्दै गएमा त्यसलाई हेरेर थप निर्णय गर्दै जाने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

मानिसको आवात जावतबाट संक्रमण फैलिने डर हुने भएकाले लामो दुरको सवारी साधानहरु, हवाई सेवाहरु बन्द गर्ने निर्णय भएको बताए । तर, आपूर्तिसँग सम्बन्धित सामान ढु्वानी सेवाहरुमा भने कुनै अवरोध नहुने र आपूर्ति व्यवस्थामा कुनै समस्या नहुने उनको दाबी छ ।

साथै उनले सार्वजनिक तथा निजी अस्पतालले कोरोनाको शंकास्पद विरामीलाई चेकजाँच नगर्ने कुरा राम्रो नभएको बताए । साथै उनले बैंक तथा वित्तीय संस्थाहरु बन्द नहुने प्रष्ट पारेका छन् ।

 

प्रकाशित मिति: ७ चैत २०७६, शुक्रबार  २० : ४९ बजे