कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक ५ बजे बस्दै

0
Shares

कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उपप्रधान तथा रक्षामन्त्री इश्वर प्रोख्रेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक आज साँझ बस्ने तय भएको छ ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनबाट बच्न लिइएको निर्णयको कार्यान्वयनबारे समितिमा छलफल हुने स्रोतले बतायो ।

शुक्रबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको समिति बैठकले समिति माताहतको मूख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको उपसमितिलाई कार्यायोजना बनाउन निर्देशन दिएको थियो ।

सबै मन्त्रालयका सचिव सदस्या रहेको उक्त उपसमितिले प्रधानमन्त्री शुक्रबार घोषणा गरेको कदमको कार्यन्वयनबारेको खाका आजको बैठकमा पेश गर्ने छ ।

आईतबारदेखि देशभरका सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द हुँदैछ त्यसैको कार्यन्वयनबारे समितिले थप निर्णय लिने बतार्इएको छ ।

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १५ : ०३ बजे