दिल्ली सरकारले ७२ लाख जनतालाई ७.५ किलो रासन दिने, वृद्ध र विधवाको पेन्सन दोब्बर

0
Shares

फैलदो कोरोना भाइरस विरुद्ध लड्नका लागि भारतको दिल्ली सरकारका मुख्य मन्त्री अरविन्द केजीरीवालले दिल्लीका जनताका लागि राहतको कार्यक्रम ल्याएका छन।

केजरीवालले दिल्लीका १८ लाख परिवार, वृद्ध तथा विधवा र अपाङग भएका जनतालाइ लक्षीत गरेर प्याकेजको कार्यक्रम घोषणा गरेको हो।

शनिवार मुख्य मन्त्री केजरीवालले दिल्लीका करिब ७० लाख जनताका लागि रासनको कोटा वढाइ ७.५ किलो राशन निशुल्क वितरण गर्ने घोषणा गरेका हुन्।

त्यसैगरी दिल्लीका वृद्ध तथा विधवा र अपाङग भएका व्यक्तिहरुका लागि मिल्दै आएको पेन्सन वढाएर दोब्बर गरेको हो। त्यसका साथै कोरोना भाइरस वृद्धाका लागि तुलनात्मक रुपमा वढी खतराजन्य भएकाले पार्कहरुमा नजान समेत अनुरोध गरेका छन। .