धितोपत्र बोर्डले बजारमा निगरानी बढाउने, परिस्थिती अनुसार थप निर्णय

0
Shares

पूँजी बजार बन्द गर्नुपर्ने केही आवाज उठिरहेको भएपनि आइतबार बजार सुचारु भएपछि बजारको अवस्थालाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप प्रभावकारी हुने गरी नजिकबट निगरानीमा राख्ने भएको छ।

कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएपछि शेयर लगानीकर्ताहरुको मनोबल कमजोर भएकाले बजार नै बन्द गर्नुपर्ने भन्दै माग हुँदै आएको थियो। तर, कोरोनाको संक्रमण फैलिएको मुलुकहरुमा पनि शेयर कारोबार भने बन्द नभएको अवस्था छ।

भारतीय शेयर बजारमा पनि बजारलाई समय तथा परिस्थिती अनुसारको निर्देशक जारी गर्दे नियामक निकायले निगरानी बढाउने गरी कारोबार भैरहेको अवस्था हो । प्रधामन्त्रीले अत्आवश्यक क्षेत्र भन्दा बाहेक सबै बन्द गर्न निर्देशक दिएको भएपनि शेयर बजारलाई अति आवश्यक क्षेत्रभित्र नपर्ने भन्दै बजार बन्द गर्नुपर्ने बजारसँग सम्बन्धी केही व्यक्तिहरुको माग थियो। तर, आइतबार धितोपत्र बोर्डको सञ्चालक समितिले बजारको निगरानी बढाउने निर्णय गरी बोर्ड व्यवस्थापनालाई निर्देशन दिएको बोर्डका एक अधिकारीले नोटबजारलाई बताए। 

बोर्डले बजारमा निगरानी बढाउने भनेपछि बन्द भएको बजारमा निगरानी बढाउने भन्ने त हुँदैन। बोर्डले आगामी दिनमा देशको परिस्थिती अनुसार आवश्यक निर्णय गर्ने समेत उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेका थिए। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वभर फैलिने क्रममा रहेको कोरोना भईरसको संक्रमण हुन नदिनका लागि आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द हुने घोषणा गरेका थिए ।

यसैलार्इ आधार मानेर शेयर बजारका सम्बद्ध पक्षहरु बजार बन्द हुने भनिरहेपनि धितोपत्र बोर्डले र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अर्थमन्त्रालयको निर्णय पर्खेका थिए। अर्थमन्त्रालयको मुख ताक्दा बजारको विषयमा निर्णय हुन नसकेको हो। यता नेप्सेले बोर्डबाट स्पष्ट निदेर्शन नआएको भन्दै आइतबार शेयर कारोबार सुचारु गरेको छ। तर अधिकांश ब्रोकरहरुले साथ नदिँदा निकै कम कारोबार भएको छ। बजार खुलेको झण्डै अढाई घण्टामा ४४ कम्पनीको १६ हजार कित्ता शेयर ५८ लाख ५१ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ। ९ उप समूहको कारोबार भएकोमा ६ उप समूहको बढेको छ भने ३ को घटेको छ । नेप्से सूचक ०.८९ बिन्दुले सकारात्मक छ।