मेरो शेयर र डिम्याटको शुल्क इसेवा मार्फत मोबाईलबाटै भुक्तानी गर्न सकिने

0
Shares

मेरो शेयर तथा डिम्याटको शुल्क इसेवाबाट तिर्न सकिने भएको छ। यो सँगै डिम्याट तथा मेरो शेयरको शुल्क भुक्तानीकै लागि लगानीकर्तालाई विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

ग्राहकले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ। इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ ।

हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध भइसकेका छन्। इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। इसेवामा हाल ५४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।

इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सकिनेछ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन्।

मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका एजेन्ट नेटवर्क तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।