बैंकबाट सहज रुपमा रकम झिक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले सर्वसाधारणले बैंकमा राखेको रकम सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमणवाट नागरिकलाई सुरक्षित राख्न यही चैत ११ देखि मिति १८ सम्म मुलुकभर अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई नगद आवश्यक पर्ने र सो को लागि न्यूनतम बैंकिङ सेवा प्रदान गर्ने बान्छनीय भएको भन्दै सकेसम्म सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।

केन्द्रीय बैंकले एटिएमहरुमा पर्याप्त नगद राख्न, सबै प्रदेशमा स्थानीय प्रशासनसँग समन्वय गरी शाखा खोल्न र खोलिएको शाखा कार्यालयको विवरण तथा सम्पर्क व्यक्तिको सम्पर्क नम्बर बैंकको वेबसाइट र शाखा कार्यलयको मुल ढोकामा टाँस्न निर्देशन दिएको छ।

यस्तै भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित ब्यवस्था मिलाउन, बैंक तथा जिवत्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बुझाउनुपर्ने रिपोर्टहरु परिस्थिति सामान्य भइ नियमित कार्यालय सञ्चालन भएको ७ दिनभित्र पेश गर्नुपर्ने लयातका ९ बुँदै निर्देशन जारी गरेको छ।