स्वाभिमान लघुवित्तको आईपिओ आज बाँडफाँड हुने, नतिजा नोटबजारमा

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुँदैछ ।

स्वाभिमान लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे शेयर बाँडफाँड हुने भएको हो ।

स्वाभिमानको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदक बाट ६० लाख ६१ हजार ७७० कित्ता अर्थात ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ

स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो ।

कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

आईपिओको नतिजा नोटबजारमा हेर्न सकिने छ ।