स्वाभिमान लघुवित्तको आईपिओको नतिजा नोटबजारमा हेर्नुहोस्

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आइतबार बाँडफाँड भएको छ।

लघुवित्तको आईपिओ १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् भने २० देखि पाँच हजार कित्तासम्म आवेदन गरेका भाग्यमानी ७ आवेदकले ११ कित्ता शेयर पाएका छन्।

उक्त आईपिओमा कूल ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख ३१ हजार ११ कित्ता बराबरको ६० करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो। जसमध्ये २३० जनाको ६ हजार ३४० कित्ताको आवेदन विविध कारणले रद्ध भएको छ ।

कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।