COVID 19 फैलने चरणहरु, कसरी लिन्छ महामारीको रुप ?


सबैभन्दा पहिले यो भिडियो हेर्नुहोस् अनि तपाई के गर्दै हुनुहुन्छ, सावधान हुनुहोस् ।

COVID-19 लाई फैलावटका आधारमा ४ चरणमा बर्गिकरण गरिएको छ।

#पहिलो चरण

बिदेशबाट आएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण !

#दोस्रो चरण

बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण !!

#तेस्रो चरण

कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID-19 पोजेटिभ देखिने चरण !!!

#चौथो चरण

महामारीको चरण !!!!

#अवस्था: चीन र इटली चौथो चरणबाट गुज्रिरहेका छन् । चीनमा भने अहिले अवस्था केही सामान्य बन्दै गइरहेको छ । भारत तेस्रो चरणमा प्रवेश गर्दैछ भने नेपाल अहिलेसम्म पहिलो चरणमा नै छ।

# गल्ति:

चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो । इटलीका आम मानि दूरीको भरमा परेर संक्रमणको जोखिमलाई बढाए । ‘एशियामा फैलिएको हो, यूरोपमा हामी छौं, भन्ने नै इटलीको ठूलो भ्रम भयो । साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सही किसिमले पालना गरेनन् । यसकारण इटलीसंग पहिलो चरणमै COVID-19 रोक्ने सामथ्र्य हुँदा हुँदै पनि हेलचेक्र्याईं र सरकारी आदेश नमान्नुका कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ । यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीका जनता झैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईंले नै भारत संक्रमणको तेस्रो चरणमा पुगेको छ ।

नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं । तर इटली र भारतमा जस्तै संक्रमणको सम्भावनालाई वेवास्ता गर्दै सरकारले घोषणा गरेको लकडाउनको पालना नगर्ने हो भने हाम्रो पनि अवस्था इटलीको जस्तै हुनेमा दुई मत छैन ।

#बर्तमान परिस्थिती: चौथो चरण भएर गुज्रीएको चीन र इटलीको अवस्स्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयावह छ। त्यो तपाईं हामीले सोचेभन्दा सयौं गूणा भयानक छ। भारतको स्थिती पनि डरलाग्दो बन्दै गएको छ।

#समीक्षा: हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो । त्यसैले हामीले COVID-19 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचेभन्दा सजिलो पनि छ।

#निचोड:

क) लकडाउन र कर्फ्यूको पालन गर्ने

ख) घरबाट बाहिर निस्कँदै ननिस्कने

ग) हात धोइरहने१ घ० मास्कको प्रयोग गर्ने

ङ) सहि सुचना लिने र दिने

छ) भिड र हुलबाट टाढा रहने

ज) खोक्दा, हाच्छ्यूँ गर्दा कुहिनाले मुख छोप्ने