मेट लाईफले लकडाउन खुलेको १५ दिनभित्र बीमाशुल्क भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिग्ने

0
Shares

मेटलाईफ नेपाल लिमिटेडले कम्पनीले अर्को सूचना जारी नभएसम्म सबै कार्यालयहरू भौतिक रूपमा बन्द रहने र सो अवधिमा विद्युतीय माध्यमबाट सबै ग्राहकहरूलाई निरन्तर सेवा एवं सुरक्षा दिनका लागि विभिन्न कार्य योजनाहरु लागू गरेको जनाएको छ

लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने भएयको छ। कम्पनीले बीमा समतिको निर्देशन अनुरुप कोरोना भाइरस (कोभिड–१९) महामारी कारण लकडाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने निर्णय गर्दे सो बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क नलिने भएको हो।

यसैगरि कम्पनीले अत्यावश्यक सेवा सम्बन्धि सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने तथा वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने, फोन, फेसबुक र इ–मेल मार्फत ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायीक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने जनाएको छ।

कम्पनीले मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामुहिक जीवन बीमालेखहरु, बीमालेखका सर्तहरूको अधिनमा रहि सदा झै बीमा रक्षावरण प्रदान गरिने सोत जनाएको छ।

यस्तै ग्राहकहरुलाई बीमालेख, बीमाशुल्क भुक्तानी वा बीमा दावी सम्बन्धि, कुनै जानकारी वा सेवा आवश्यक परेमा निम्न ठेगाना र व्यक्तिलाई बिहान ९ देखि ४ बजेसम्म सम्पर्क गर्न सकिने जनाएको छ।