प्रहरीद्धारा आइतबार २४३ सवारीसाधन नियन्त्रणमा

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने २४३ सवारीसाधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे २३४ र चारपाङ्ग्रे ९ रहेका महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत १६ गते साँझ ७ बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गते मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेकोमा हाल ८ दिन थप गरेर चैत २५ गते राती १२ बजेसम्म लकडाउनको समय बढाएको छ ।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  ०९ : ४८ बजे